काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया