उनले अर्जुनधारा नगरपालिकास्थित निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए।
घिमिरेका प्रस्तावकमा चिन्तन पाठक र समर्थकमा एकराज कार्की रहेका छन्।
यसैगरी, पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रबाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
उनले अर्जुनधारा नगरपालिकास्थित निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया