रौतहट । प्रतिनिधि सभा सदस्यका लागि रौतहट–३ मा उम्मेदवारी दर्ता प्रक्रिया जारी छ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेस मार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेतर्फ कुन्दन कुशवाहाले पनि वारेस मार्फत मनोनयन दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र–३ का निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाले जानकारी दिनुभएको छ कि हालसम्म यस क्षेत्रमा कुल ६ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्।
उक्त उम्मेदवारमा जनमत पार्टीबाट शेख प्रवेज आलम, नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेल, स्वतन्त्र उम्मेदवार राजेश साह, र मङ्गोल नेशनल पार्टीबाट उत्तरबहादुर राना समावेश छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया