बुटवल । युवा सामाजिक अभियन्ता र चिकित्सक डा. निकोलस भुसालले रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन पत्र बुझाएका हुन्।
भुसाल पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न आन्दोलनमार्फत चर्चामा रहेका छन्। उनले स्थापित ठूला राजनीतिक दलका नेताहरूमाथि चुनौती पेश गर्दै चुनावी प्रतिस्पर्धामा प्रवेश गर्ने निर्णय गरेका हुन्।
रुपन्देही–२ क्षेत्रलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बलियो निर्वाचन क्षेत्र मानिन्छ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया