काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ महिला उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले ११ महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका हुन् ।

उम्मेदवार बनेका मध्य ६ जना पार्टीको केन्द्रमा राजनीति गरेका छन् । निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, तथा पार्टीको केन्द्रीय समितिमा काम गरेकाहरू सरिता प्रसाई, सुशीला थिङ, किरण यादव, सपना राजभण्डारी, नानु बास्तोला छन् । ११ जनामध्य प्रसाई, यादव, थिङ, उपाध्याय, राजभण्डारी र कुसुमदेवी थापा मगर पूर्वसांसद पनि हुन् ।

advertisement

निवर्तमान संसद्मा थिङ कांग्रेसको सचेतक थिइन् भने थापा मगर प्रतिनिधिसभाको कृषि समिति सभापति थिइन्

 

१ झापा २ सरिता प्रसाईं

२ झापा ५ मन्धरा चिमरिया

३ महोत्तरी ३ किरण यादव

४ सिराहा ४ चन्द्रकलाकुमारी यादव

५ सिन्धुली २ सुशीला थिङ

६ मकवानपुर १ महालक्ष्मी उपाध्याय ‘डिना’

७ काठमाडौँ ८ सपना राजभण्डारी

८ काठमाडौँ ९ नानु बास्तोला

९ चितवन २ मिनाकुमारी खरेल

१० रुकुमपूर्व कुसुमदेवी थापा मगर

११ दैलेख १ वासना थापा

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com