काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको जानकारी गराएका छन्। मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले सो अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरे

उनले मनोनयनपत्र दर्तापछि प्रचारप्रसार गर्न नपाइने भन्ने भ्रम नराख्न आग्रह गर्दै भने, “फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारको समय तोकिएको छ। मनोनयनपत्र दाखिल गरेपछि चुपचाप बस्नुपर्छ भन्ने होइन।”

advertisement

भण्डारीका अनुसार निर्वाचन चिह्न प्राप्त भएपछि उम्मेदवारहरूले घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न, रायसुझाव लिन पाउनेछन्। तर दलगत रूपमा ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम गर्न भने नपाइने उनले स्पष्ट पारे। “आचारसंहिता लागू भइसकेको छ। त्यसको उल्लंघन भएको उजुरी आएमा छानबिन गरी निर्णय लिने अधिकार आयोगकै क्षेत्राधिकारभित्र पर्छ,” उनले भने।

उनले प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि पनि प्रतिनिधिसभाका उम्मेदवार बनेकाले उनीहरूका कारण रिक्त हुने पदमा फागुन २१ गतेपछि निर्वाचन गरिने जानकारी समेत दिए।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com