काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहेको छ। तराईका केही स्थानहरूमा भने तुवाँलो लागेको छ।
आज दिउँसो तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
भोलि भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया