काठमाडौँ । आज प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुँदैछ।
निर्वाचन आयोगका अनुसार, पहिलो चरणको निर्वाचन प्रणाली अन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारहरूको विरुद्ध उजुरी दिने म्याद सकिएपछि नामावली तयार पार्ने काम भइरहेको छ। आयोगले जानकारी दिएको छ कि साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
यसैबीच, आयोगमा पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ। उजुरी भक्तपुर, सुनसरी, रौतहट र कैलालीबाट आएका उम्मेदवारहरूको विरुद्ध दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
भोलि, माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने छ। त्यसपछि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया