काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम भएकाे चाँदी बिहीबार घटेर प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया