काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जना उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता भएको छ। निर्वाचन आयोगले बुधबार विभिन्न जिल्लाका उम्मेदवारहरूमाथि उजुरी परेको जानकारी दिएको हो।

आयोगका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री तथा नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध उजुरी दर्ता भएको छ।

advertisement

त्यस्तै, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार लालविक्रम थापा, रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपाका उम्मेदवार माधवकुमार नेपाल तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीविरुद्ध पनि दाबी–विरोध परेको आयोगले जनाएको छ।

आयोगका अनुसार दर्ता भएका उजुरीहरूको कानुनी प्रक्रिया अनुसार छानबिन गरी आवश्यक निर्णय गरिनेछ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com