काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले उपस्थित हुन बोलाएको छ।

साइबर ब्युरोका प्रवक्ता, एसपी दीपकराज अवस्थलीले नेपाललाई केही जानकारी लिन बोलाइएको पुष्टि गर्दै भने, ‘हामीले हिजो टेलिफोनमार्फत उपस्थित हुन भनेका छौं, तर उहाँ अहिलेसम्म आइपुग्नु भएको छैन।’

advertisement

नेपाललाई सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिसँग सम्बन्धित प्रश्नहरूको बारेमा बुझ्न बोलाइएको हो। हालसम्म उनीविरुद्ध उजुरी कसले दायर गरेको हो र के विषयमा दायर भएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन।

स्वागत नेपालले ५ माघमा राप्रपामा प्रवेश गरेका हुन् र झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com