काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली १ का उम्मेदवार रेशम चौधरीले आफूविरुद्ध परेको उजुरीमा स्पष्ट प्रतिक्रिया दिएका छन्।

चौधरीका अनुसार उनलाई राष्ट्रपतिबाट संविधान बमोजिम आंशिक नभई पूरै माफी दिइएको छ। उनले आफूलाई दिएको माफी पत्रमा १९ जनालाई पनि माफी दिइएको उल्लेख गरेका छन्।

advertisement

रेशम चौधरीले भने,
“हामीलाई अदालतबाट भएको कैद सजाय माफी दिइएको छ। कैद सजाय माफी भएपछि यो पूर्ण माफी हो, आंशिक होइन। आंशिक माफीबाट आपराधिकता हट्दैन। मेरो माफी पत्रमा ‘बाँकी कैद माफी’ नभएर ‘फैसला बमोजिम लागेको कैद सजाय माफी’ भन्ने शब्द प्रयोग भएको छ। त्यसैले यो आंशिक नभई पूर्ण माफी हो।”

उनी आफ्नो उम्मेदवारीसँग सम्बन्धित उजुरी र आपराधिक मुद्दामा यसै माफीलाई आधार मान्दै प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com