दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता लामो समय टिक्दैन र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू कारबाहीको दायरामा पर्ने बताएका छन्।

बिहीबार झापाको दमक–८ स्थित तत्कालीन माओवादी नेता गगन पुरीको घरमा आगजनी भएको घटना स्थल अवलोकन गर्दै ओलीले विध्वंस मच्चाउनेहरू कानुनी दायरामा ल्याइने विश्वास दिलाए।

advertisement

ओलीले पुरीलाई भने,
“सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ। बरु उजुरी–निवेदन र अन्य प्रक्रिया अघि बढाउनु होला।”

नेता पुरीले आफूले सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचार प्रक्रिया अघि बढाएको जानकारी गराए। घटनास्थल अवलोकनपछि ओली दमकस्थित तत्कालीन माओवादी पार्टीको अन्य क्षति स्थलहरू पनि हेर्न गएका छन्।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com