काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा आपराधिक गतिविधिमा संलग्न हुनेहरू कारबाहीको दायरामा पर्ने बताएका छन्। बिहीबार झापाको दमक–८ स्थित नेता गगन पुरीको आगजनी गरिएको घरको निरीक्षण गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

ओलीले घटनापछि उत्पन्न अराजकताको अवधि लामो नहुने पनि स्पष्ट पारे। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित पुरीलाई आश्वस्त पार्दै उनले उजुरी–निवेदन र कानुनी प्रक्रिया अगाडि बढाउन सुझाव दिए।

advertisement

नेता पुरीले भने कि उनले घटनासँग सम्बन्धित सबै प्रमाणहरू सङ्कलन गरिसकेका छन् र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाइरहेका छन्। आगजनी र तोडफोडमा सम्पत्ति लुटिएको, घरायसी सामान जलेको तथा घरमा व्यापक क्षति पुगेको पुरीले बताएका छन्।

अध्यक्ष ओलीले यस घटनाप्रति तत्काल उचित कारबाही हुने दाबी गर्दै आन्तरिक सुरक्षा र कानुनी व्यवस्थामा विश्वास राख्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com