काठमाडौं । नेकपा एमाले निकट युवा संगठनका दमक सचिव कमलप्रसाद गैरे फेरि पार्टीमा फर्किएका छन्।

गत चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार भएपछि गैरे प्रभावित भई एमाले छाडेको बताइन्थ्यो। तर बिहीबार उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्थिति स्पष्ट गर्दै अब नेकपा एमालेमै रहने घोषणा गरेका छन्। फेसबुकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर पनि साझा गरेका छन्।

advertisement

गैरेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको सदस्य, उपसचिव र सचिवको भूमिका निर्वाह गर्दै पार्टीका विभिन्न गतिविधिमा इमान्दारीपूर्वक संलग्न हुँदै आएको छु। केही व्यक्तिको दबाब वा प्रभावमा परी पार्टी छाडेको भनेर सामाजिक सञ्जालमा गलत जानकारी फैलिएको भए पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषणपछि नेकपा एमाले मात्र राष्ट्र र जनताको भरोसा र आशाको केन्द्र भएको निष्कर्षमा पुगेको छु। हिजो गरेको गल्ती सच्याउँदै म आज र भोलि पनि यही पार्टीमा रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’

गैरेले भने दमक र झापा–५ क्षेत्रसहित समग्र राष्ट्रको विकासका लागि केपी ओली अपरिहार्य नेता हुन्। उनले पार्टी र संगठनमा रहि केपी ओलीलाई जिताउन र आगामी अभियान पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com