काठमाडौं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।

विशेष महाधिवेशनमार्फत पार्टीमा नयाँ नेतृत्वसहितको केन्द्रीय कार्यसमिति चयन भइसकेपछि उनले मुख्यसचिव पदबाट अलग हुने निर्णय गरेका हुन्। पुस ३० गते गगन थापाको सभापतित्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो।

advertisement

नयाँ कार्यसमितिले भोलि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर पदभार ग्रहण गर्नुका साथै केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम तय भएको छ। सोही कार्यक्रमअघि मुख्यसचिव पौडेलले राजीनामा दिएका हुन्। पौडेल हाल राष्ट्रिय सभा सदस्यसमेत छन्।

पौडेलको राजीनामापछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्ने सम्बन्धमा औपचारिक सूचना जारी गरेका छन्।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेपछि पनि पौडेलले मुख्यसचिवको हैसियतमा तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी सूचना जारी गर्दै आएको विषयलाई लिएर पार्टीभित्र असन्तोष र विरोधसमेत देखिएको थियो।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com