काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझका लागि गठन गरिएको आयोगको म्याद थप २० दिनका लागि बढाइएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि २० दिन थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यसअघि पनि आयोगको म्याद एक महिनाका लागि विस्तार गरिएको थियो।
आयोगले तोकिएको समयभित्र सबै उच्च अधिकृतहरूको बयान संकलन गरिसकेको भए पनि प्रतिवेदन लेखनको काम नसकिएकाले थप समय आवश्यक परेको जनाइएको छ। प्रतिवेदन अन्तिम चरणमा रहेकाले आयोगले समय थपको माग गरेको हो।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया