काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई तोकिएको छ।
बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त थियो।
राजीनामा दिएका खरेल ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका छन्।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया