काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन आयोजना हुन नसक्ने स्पष्ट पारेका छन्।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले फागुन २१ गते तय भएको निर्वाचन र त्यसपछिका राजनीतिक गतिविधिका कारण वैशाखभित्र नियमित महाधिवेशन गर्न सम्भव नहुने बताए। उनका अनुसार पार्टीले २०८३ सालको पुस मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाउनेछ।

advertisement

विशेष महाधिवेशनपछि कांग्रेस एकजुट भएर निर्वाचनमा होमिएको दाबी गर्दै महामन्त्री घिमिरेले दूरगामी सोच र स्पष्ट दृष्टिकोणसहितको चुनावी घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।

उनले आगामी संसदीय दलको बैठकबाट सभापति गगन थापालाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिने र उनी भावी प्रधानमन्त्री बन्ने दाबीसमेत गरे।

महामन्त्री घिमिरेले राष्ट्रियसभा निर्वाचनका लागि यसअघि नै गठबन्धन भइसकेको र त्यसले निरन्तरता पाउने बताए। यद्यपि, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने कुनै दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गर्दै निर्वाचनपछिको परिणामका आधारमा गठबन्धन बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com