काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्दैछ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको यो पहिलो बैठक हो । बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आगामी निर्वाचनमा सहभागी हुने निर्णय गर्ने तयारी गरेको बताइएको छ ।
त्यस्तै, चुनावी परिणाम कांग्रेसको पक्षमा पार्न कार्यतालिका तय गरी आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठकले निर्वाचन तयारीसम्बन्धी महत्वपूर्ण निर्णयहरू लिनेछ । कांग्रेसले यही १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया