काठमाडौं । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले प्रतिनिधिसभा निर्वाचनअगावै राष्ट्रिय राजमार्गहरू खाल्डाखुल्डी मुक्त गरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि फागुन २१ गते हुने निर्वाचनको समयमा राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायातलाई सहज बनाउनुपर्ने आवश्यक रहेको छ।
महासङ्घका अनुसार नारायणगढ–बुटवल सडकखण्ड, नौबिसे–मुग्लिन सडकखण्ड, बिपी राजमार्ग लगायत देशभरिका सडकहरू अझै साँघुरा र खाल्डाखुल्डीयुक्त छन्, जसका कारण सार्वजनिक सवारी सञ्चालनमा व्यवसायीहरू असहज भइरहेका छन्।
निर्वाचनका दिनमा आमयात्री र मतदाताहरूले गन्तव्यसम्म पुग्न अत्यधिक समय लाग्ने भएकाले, महासङ्घले सार्वजनिक सवारी सहज रूपमा चलाउन सकिने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया