काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य एकैदिन तोलामा ९ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको तीन लाख एक हजार ४०० रुपैयाँ कायम भएकाे छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा काराेबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा काराेबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया