काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। पार्टीले आफ्नो सम्पूर्ण शक्ति आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित गर्ने भएकाले राष्ट्रियसभा निर्वाचनमा नजाने निष्कर्ष निकालेको जनाएको छ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यस निर्वाचनमा राप्रपाका कुनै उम्मेदवार नरहेको र प्रतिनिधिसभा निर्वाचन नै पार्टीको प्राथमिकता भएकाले राष्ट्रियसभामा सहभागी नहुने निर्णय गरिएको हो। “यो निर्वाचनमा हाम्रा उम्मेदवार छैनन्। प्रतिनिधिसभा निर्वाचनमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भएकाले राष्ट्रियसभामा अल्मलिनु आवश्यक ठानेनौँ,” उनले बताए।
राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमु
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया