जापान । जापानकी प्रधानमन्त्री साने ताकाइचीले संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) निर्वाचन गराउने घोषणा गरेकी छन्। शासक गठबन्धनलाई पुनः सुदृढ बनाउने उद्देश्यसहित आफ्नो उच्च लोकप्रियताको लाभ उठाउने रणनीतिका रूपमा यो कदमलाई हेरिएको छ।

प्रधानमन्त्री ताकाइची गत अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी थिइन्। पदभार सम्हालेको छोटो अवधिमै करिब ७० प्रतिशत अनुमोदन दर कायम गरेकी उनले यसलाई राजनीतिक पूँजीका रूपमा प्रयोग गर्दै निर्वाचनमा जाने निर्णय लिएको विश्लेषकहरू बताउँछन्। यद्यपि, संसद् विघटनसँगै सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने तथा बढ्दो मूल्यवृद्धि नियन्त्रणका लागि ल्याइने बजेटमाथिको छलफल केही समय पछाडि धकेलिने भएको छ।

advertisement

ताइवानसमर्थक अभिव्यक्तिपछि चीनसँग सम्बन्ध चिसिएको सन्दर्भमा, प्रधानमन्त्री ताकाइचीले रक्षा खर्च बढाउने संकेतसमेत दिएकी छन्। अमेरिका–चीनबीच क्षेत्रीय प्रतिस्पर्धा चर्किरहेका बेला उनले सुरक्षा नीतिलाई प्राथमिकतामा राख्ने धारणा राख्दै आएकी छन्।

चार सय ६५ सदस्यीय तल्लो सदन विघटन भएसँगै मङ्गलबारदेखि १२ दिने औपचारिक चुनावी अभियान सुरु हुनेछ। सदन विघटनको घोषणा भएपछि सांसदहरूले ‘बान्जाइ’ नारा लगाउँदै चुनावी तयारी प्रारम्भ गरेका छन्।

प्रधानमन्त्री ताकाइचीले तल्लो सदनमा शासक गठबन्धनको बहुमत विस्तार नै प्रारम्भिक निर्वाचनको मुख्य उद्देश्य भएको स्पष्ट पारेकी छन्। भ्रष्टाचार काण्डका कारण कमजोर बनेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र गठबन्धनसँग तल्लो सदनमा हाल झिनो बहुमत मात्र छ भने माथिल्लो सदनमा बहुमत नहुँदा विपक्षी दलको समर्थनमा निर्भर रहनु परेको अवस्था छ।

विपक्षी दलहरूले बजेट पारितमा ढिलाइ भएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ताकाइचीले जनतामार्फत आफ्नो नेतृत्वको परीक्षण हुनुपर्ने बताइन्। “म प्रधानमन्त्री बन्न योग्य छु कि छैन भन्ने निर्णय जनताले नै गर्नेछन्,” उनले पत्रकार सम्मेलनमा भनिन्।

कट्टर रूढीवादी धारणा राख्ने ताकाइचीले जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउन वित्तीय खर्च विस्तार, सैन्य संरचना मजबुत र कडा आप्रवासन नीति आवश्यक रहेको बताउँदै आएकी छन्। विशेषगरी युवा पुस्तामाझ उनको लोकप्रियता उच्च रहे पनि एलडिपीमाथि

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com