काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्ने विषयमा पार्टीभित्र गम्भीर छलफल थालेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले गोरखा–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने सार्वजनिक घोषणा गरेका भट्टराईलाई अन्तिम चरणमा पार्टीले उम्मेदवार बनाएको थियो। तर, उक्त क्षेत्रमा प्रतिस्पर्धामा रहेका अन्य दलका युवा उम्मेदवारहरूले उनलाई चुनावी मैदानबाट पछि हट्न आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनः विचार गर्न थालेका हुन्।

advertisement

उम्मेदवारी फिर्ता लिन आज अन्तिम समय रहेको छ। स्रोतका अनुसार, ‘डा. भट्टराईलाई चुनावी प्रतिस्पर्धामा भन्दा पनि अभिभावकीय भूमिकामा रहन सबै पक्षबाट आग्रह आएको छ। यही कारणले आज उहाँले पार्टी नेतृत्वसँग उम्मेदवारी फिर्ताका विषयमा छलफल गर्नुभएको हो।’

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com