वीरगन्ज । पर्सा क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृत मधुसूदन आचार्यका अनुसार, स्वतन्त्र उम्मेदवार साहले तोकिएको समयावधिभित्र निवेदन दर्ता गरी औपचारिक रूपमा उम्मेदवारी फिर्ता गरेका हुन्।
मुख्य निर्वाचन कार्यालयका अनुसार, अब सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको छ। त्यस्तै, आजै सबै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ।
उम्मेदवारी फिर्ता लिएका राजेश्वर साहले आफू मूलत: कांग्रेस समर्थक भएको र पार्टीसँग समन्वय नहुँदा उम्मेदवारी दिएका बताए। उनले अब कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया