काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको अन्तिम सूचीबाट हटाएको छ।
डा. भट्टराईले गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका थिए, तर पछि फिर्ता लिएका थिए। निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेका अनुसार, उम्मेदवारी फिर्ता लिएपछि आयोगले औपचारिक रूपमा भट्टराईको नाम सूचीबाट हटाएको हो।
भट्टराईले माघ ६ गते प्रगतिशील लोकतान्त्रिक पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया