बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका तेजबहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार, चन्दले उम्मेदवारी फिर्ता लिने औपचारिक जानकारी दिएका हुन्। उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य तथा जिल्लाबाट पूर्वमहाधिवेशन प्रतिनिधि समेत रहिसकेका छन्।
बैतडीमा कुल ११ जनाको उम्मेदवारी कायम रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम नामावली पनि प्रकाशन गरिसकेको छ।
अब निर्वाचनमा नेकपा (एमाले) का दामोदर भण्डारी, नेपाली कांग्रेसका चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीका प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारी, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुँवर, आम जनता पार्टीका बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया