काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय ४३ वर्षीय मोहन बाबु श्रेष्ठको घरमा गए राति अज्ञात समूहले सुनका विभिन्न गरगहना र नगदसहित करिब १६ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको हो।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजीका लागि महानगरीय प्रहरी वृत्त र मातहतका टोलीहरू परिचालन गरिएको छ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया