रुपन्देही-२ उम्मेदवार:

विवादित सुर्ती व्यापारी चुन्नु पौडेल रुपन्देही काङ्ग्रेसको उम्मेदवार : काङ्ग्रेस भित्र खैलाबैला !

चुन्नु पौडेलको विगत र वर्तमान: श्रम शोषण देखि गैरकानुनी धन्दासम्म



काठमाडौं । अरर्बौंको राजस्व छली, सुपारी तस्करी र गैरकानुनी धन्दामा मुछिएका विवादित व्यापारी चुन्नु प्रसाद पौडेललाई रुपन्देही-२ बाट नेपाली काङ्ग्रेसले टिकट दिँदा पार्टी भित्रै असन्तोष पैदा भएको छ।

काङ्ग्रेसको नेतृत्व परिवर्तन सँगै जनअपेक्षा अनुसार काङ्ग्रेस सुदृढ हुने अपेक्षा आम जनमानसमा देखिएको थियो। तर जनअपेक्षा विपरीत केही विचौलियाहरुलाई समेत टिकट दिएपछि काङ्ग्रेसको नैतिक धरातलमै गम्भीर प्रश्न चिन्ह खडा भएको छ।

advertisement

काङ्ग्रेसमा सुधार सहितको जनअपेक्षा अनुसार नेतृत्व परिवर्तन भएपनी पुरानै तौर-तरिकाले केही विचौलिया र विवादित छवि भएका चुन्नु पौडेल जस्ता व्यक्तिलाई टिकट दिँदा देशभर काङ्ग्रेसको छबिमा नकारात्मक प्रभाव परेको भन्दै टिप्पणी भईरहेको छ।

करेन्टको नाममा गैरकानुनी धन्दामा संलग्न चुन्नु

करेन्टको नाममा कानुन विपरीत कार्यमा संलग्न चुन्नु पौडेलको कम्पनी श्रीराम टोबाकोले करेन्ट गुड्खा उत्पादन गर्दै आइरहेको छ भने यशोदा फुड्स मार्फत करेन्ट चाउचाउ उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ।

सुर्तिजन्य पदार्थ नियन्त्रण ऐनको खुलेआम उलंघन गर्दै एउटै ब्राण्ड नाम ‘करेन्ट’ मा चाउचाउ र गुट्खा उत्पादन र वितरण गरिरहेको चुन्नु पौडेलको कम्पनीले विद्यमान कानुनी व्यवस्थाको धज्जी मात्र होइन्, बालबालिका र उपभोक्ताको चेतनामा समेत गम्भीर असर पारिरहेको छ।

ऐन बिपरित ‘करेन्ट’ नाममा गुट्खा र चाउचाउ उत्पादन : सार्वजनिक स्वास्थमाथि खेलवाड

सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को परिच्छेद ३, धारा ७ को उपधारा ३ मा स्पष्ट रुपमा भनिएको छ, “कसैले पनि अन्य उद्योग तथा उत्पादनको ब्राण्ड तथा ट्रेड नाम राखी सुर्तिजन्य पदार्थ उत्पादन गर्न पाउने छैन।”

तर, सो ऐनलाई पूर्णरूपमा उल्लंघन गर्दै चुन्नु पौडेल समूहअन्तर्गतको श्रीराम टोबाको उद्योगले ‘करेन्ट गुटखा’ उत्पादन र विक्री वितरण गरिरहेको छ भने समूहकै यशोदा फुड्सले ‘करेन्ट चाउचाउ’ उत्पादन र बिक्री वितरण गरिरहेको छ। जुन ऐनको मूलभावनाको ठाडो उल्लंघन हो।

श्रम शोषणमा ‘नम्बर वान’ चुन्नु

यशोदा फुड्स प्रालिका अध्यक्ष उनै चुन्नु पौडेल समुहले श्रम शोषण गरेको, श्रमिकहरुले श्रम ऐन अनुसारको सेवा–सुविधा नपाएको, समयमा पारिश्रमिक नदिएको, जातीय तथा लैङ्गिक विभेद गर्ने गरेको, महिलामैत्री सेवा उपलब्ध नगरेको लगायतका गुनासो लिएर श्रमिकहरु लामो समय देखि आन्दोलनरत छन्।

यशोदा फुड्समा मजदुर आन्दोलन : श्रम शोषण गरेको भन्दै करेन्ट चाउचाउ बहिस्कार अभियान

मजदुरहरुमाथि श्रम शोषण गरेका उनै चुन्नु पौडेल रुपन्देही-२ बाट संसद भवन प्रवेश गर्ने जमर्को गरिरहेका छन्।

 

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com