रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार, आज बिहान गौर–पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको बिआर ३०एएफ २३७० मोटरसाइकल ठोक्किँदा दुबै जनाको मृत्यु भएको हो।

advertisement

मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालक, रौतहटका दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो रहेका छन्। अर्का मृतक भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए।

घटना पछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान शुरु गरेको छ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com