काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको जिम्मेवारी बहन गर्नु सजिलो नभएको अनुभूति भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले पदमा बस्न सहज भए पनि त्यसअनुसारको भूमिका निर्वाह गर्न चुनौतीपूर्ण हुने स्पष्ट पारे।

सभापति थापाले भने, ‘सभापतिको कुर्सीमा बस्न त सजिलो हुन्छ, तर त्यससँग जोडिएको जिम्मेवारी पूरा गर्नु निकै गाह्रो रहेछ भन्ने मैले बुझ्दै गएको छु।’

advertisement

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com