निर्वाचन आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ता लिने क्रम अझै जारी रहेको जानकारी दिए। उनका अनुसार उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका सम्पूर्ण निर्वाचन कार्यक्रम शान्तिपूर्ण, मर्यादित र उत्साहजनक रूपमा सञ्चालन भएका छन्।

advertisement

समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेस गरेका उम्मेदवारको नामावलीसमेत सार्वजनिक भइसकेको र माघ १० गतेसम्म दाबी–विरोधका लागि समय तोकिएको आयोगले जनाएको छ। राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए भने दाबी–विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ।

यसैबीच, प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको अन्तिम उम्मेदवार नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म सम्बन्धित कार्यालयबाट दलगत तथा स्वतन्त्र सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com