काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी बनाउने इच्छा राखेको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाली कम्युनिस्ट पार्टीलाई देशभर पहिलो पार्टी बनाउने लहर चलिरहेको छ। मेचीदेखि महाकालीसम्म सबै क्षेत्रमा पार्टीलाई विजयी बनाउने अभियान सक्रिय छ।’
नेपालले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्दै आएको हुँदा जनताले पार्टीलाई रुचाएको पनि उल्लेख गरे। उनले थपे, ‘जेनजी पुस्ताको आकांक्षा र भावनाअनुसार अघि बढ्दा जनताले हाम्रो पार्टीलाई जिताउन चाहेका छन्।’
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया