काठमाडौं । रोटरी इन्टरनेशनलअन्तर्गत रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५/२६ ले नेपालमै पहिलोपटक ‘रोटरी हाट बजार’आयोजना गर्ने भएको छ ।  माघ १० र ११ गते (२४ र २५ जनवरी २०२६) दुई दिनसम्म काठमाडौंको थापाथलीस्थित रोटरी भवन, रोटरी क्लब अफ काठमाडौं परिसर मा आयोजना हुने कार्यक्रमले साना उद्यमशीलता, महिला सशक्तिकरण, स्थानीय उत्पादन, कला–संस्कृति र समुदायलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ ।

सबैको लागि नि:शुल्क प्रवेश रहेको कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने र स्थानीय तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका हस्तकला, खाद्य परिकार, फेसन तथा सिर्जनात्मक सामग्रीको प्रदर्शनी तथा बिक्री हुनेछ। साथै, कार्यक्रमअन्तर्गत नि:शुल्क दन्त परिक्षण, मनोरञ्जन-खेल क्षेत्र र खानाका स्टलहरू राखिनेछ । युवा तथा बालबालिकालाई आकर्षित गर्न चित्रकला प्रतियोगिता, सार्वजनिक वक्तृत्व कला प्रशिक्षण र प्रतियोगिता तथा दर्शकका लागि म्याजिक शो, फेश पेन्टिंग समेत समावेश गरिएको छ ।

advertisement

रोटरी इन्टरनेशनल अनुसार जनवरी महिना भोकशनल सर्भिस (व्यावसायिक सेवा) को महिना भएकाले साना उद्यमशीलता प्रवर्द्धन र व्यवसायिक उत्थानलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको हो ।

उपत्यकाभित्र र बाहिरका रोटरी, रोटार्याक्ट, इन्टरएक्ट क्लब तथा स्थानीय समुदायका गरी करिब ५ हजार जना अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

कार्यक्रम सयथरी इभेन्ट म्यानेजमेन्ट कम्पनीको सहकार्यमा हुन लागेको हो ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com