काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत एक करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ। आयोगका अनुसार मतपत्र छपाइ कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु गरिएको थियो। अब थप ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ।

समानुपातिकतर्फको मतपत्र छपाइ कार्य पूरा भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सुरु गरिने आयोगले जनाएको छ।

advertisement

आयोगका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय भइसकेको छ। मनोनयन पत्र दर्ताका प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पठाइसकिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले कुल तीन हजार ४०६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। आयोगले शुक्रबार नै उम्मेदवारहरूलाई निर्वाचन चिन्हसमेत प्रदान गरेको जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारहरूमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला र एक जना अन्य समूहका उम्मेदवार रहेका छन्।

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मको सम्पूर्ण निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले उल्लेख गरेको छ। साथै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूको नामावलीसमेत प्रकाशित भइसकेको जनाएको छ।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com