काठमाडौं । अदानचुली हुम्लामा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । गत भदौयता वर्षा नभएपछि लामो समयदेखि खडेरीको सामना गरिरहेका किसानहरू हिमपात सुरु भएपछि खुसी भएका छन् । तल्लो हुम्ला क्षेत्रमा वर्षा भइरहेको छ भने सिमकोट, नाम्खालगायत माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ ।
जिल्लाको तल्लो क्षेत्रमा पर्याप्त वर्षा भएपछि माथिल्लो भेगमा हिमपात हुने गर्दछ । हालको हिमपातका कारण जनजीवन भने कष्टकर बनेको छ । हिमपातसँगै नाम्खा गाउँपालिका तथा उक्त गाउँपालिकामार्फत हिल्सा जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया