काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२, नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुने व्यक्ति गोरखा नगरपालिका–१४ का ६० वर्षीय दलबहादुर थापा हुनुहुन्छ।
प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो कि डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा घाइते भएका थापालाई चितवनस्थित चितवन मेडिकल कलेजमा लैजाने क्रममा उनको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो।
पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका चालक, मकवानपुरको सरीखेत पलासे गाउँपालिका–१ का २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिइएको छ।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया