काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
शनिबार काठमाडौंस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टीका लगाउँदै औपचारिक रूपमा पार्टीमा स्वागत गरे।
उक्त अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको नीति, सिद्धान्त र राष्ट्र निर्माणको अभियानमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
एमाले प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू, संगठन प्रमुखहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया