काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताका क्रममा आफूले कुनै पनि पदको लेनदेन वा बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले आफूले रवि लामिछानेलाई सभापति र बालेन शाहलाई वरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता गरेको उल्लेख गरे। पदको स्वार्थका कारण एकता भएको भन्ने आरोप निराधार रहेको उनको भनाइ थियो।

advertisement

उनका अनुसार पार्टी व्यवस्थापनका विषयमा छलफल भइरहेकै बेला रास्वपाको शीर्ष नेतृत्वबाट एकता प्रक्रिया भंग भएको जानकारी आएको थियो। सो समयमा समानुपातिक उम्मेदवार चयनको विषयमा उज्यालो नेपाल पार्टीले उल्लेखनीय त्याग गरेको दाबी पनि उनले गरे।

तर प्रत्यक्ष निर्वाचनतर्फ भने उज्यालो नेपाल पार्टीबाट केही बढी उम्मेदवार उठाउने प्रस्ताव गरिएको र त्यही विषय उठाउँदा एकता भंग भएको जानकारी पाउँदा आफू आश्चर्यमा परेको उनले बताए।

‘प्रत्यक्षतर्फ उम्मेदवार उठाउने विषयमा सामान्य छलफल राख्दा नै एकता भंग भएको सुन्दा अचम्म लागेको थियो,’ घिसिङले भने।

उनले उज्यालो नेपाल पार्टीसँगको एकता तोड्न रास्वपामाथि बाह्य दबाब परेको हुनसक्ने आशंका पनि व्यक्त गरे। साथै, आगामी निर्वाचनका लागि आफ्नो पार्टीले सशक्त रूपमा तयारी गरिसकेको दाबी गरे।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com