काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले वर्तमान राजनीतिक र आर्थिक संकटबाट देशलाई मुक्त गराउने मुख्य आधार निष्पक्ष निर्वाचन रहेको उल्लेख गरे। उनले नेपाली कम्युनिष्ट पार्टीलाई सशक्त राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सकिए मात्रै जनताको चाहना पूरा हुने धारणा व्यक्त गरे।

advertisement

उनका अनुसार पछिल्लो समय क्रान्तिकारी कम्युनिष्ट धारासहित नेकपा (एमाले) लगायत विभिन्न वामपन्थी दल परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम उल्लेखनीय रूपमा बढ्दै गएको छ। यस्तो एकताले पार्टीलाई थप मजबुत बनाएको दाहालको भनाइ थियो।

‘यदि निर्वाचन प्रक्रियालाई अवाञ्छित गतिविधिबाट मुक्त राख्न सकियो भने आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्नेछ,’ दाहालले भने, ‘अब पार्टीलाई अझ सुदृढ बनाएर राष्ट्र र जनताको हित सुनिश्चित गर्नुपर्छ।’

संयोजक दाहालले जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नुपर्ने भन्दै त्यसका लागि सम्पूर्ण कम्युनिष्ट शक्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गरेका काभ्रेपलाञ्चोकसहित देशका विभिन्न जिल्लाका युवाहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com