काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रक्रिया स्वच्छ र निष्पक्ष भए आफ्नो पार्टी देशको पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी आएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै संयोजक दाहालले आगामी निर्वाचनको परिणाम निर्वाचनको स्वच्छतामा निर्भर रहने बताएका हुन्।

advertisement

‘यदि निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न भयो भने आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्न सक्छ,’ दाहालले भने।

उनले पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै त्यसबाट मात्रै राष्ट्र र जनताको हित सुरक्षित गर्न सकिने धारणा व्यक्त गरे।

प्रचण्डको सचिवालयका अनुसार शनिबार विभिन्न राजनीतिक दल छाडेर ५२ जना युवा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com