काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको स्पष्ट पार्दै सत्य, कर्तव्य र जिम्मेवारीप्रति आफू दृढ रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले सत्यको मूल्याङ्कन आफ्नै आग्रहअनुसार गर्न नहुने उल्लेख गरेका छन्। उनले भने, सत्य जाँच्ने कि आफ्नै आग्रहअनुसार व्याख्या गर्ने, वा परिस्थितिमा आगो छादनु कि बरफ वर्षाउने भन्ने विषय आफ्नो सरोकारको नभएको स्पष्ट पारेका छन्।

advertisement

बास्कोटाले आफ्नो धर्म, कर्तव्य र दायित्वलाई कहिल्यै नबिर्सने र राजनीतिक जीवनमा पूर्वाग्रह तथा प्रतिशोधको स्थान नहुने धारणा व्यक्त गरेका छन्। उनले जननेता मदन भण्डारीको “पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन” भन्ने भनाइलाई आफ्नो राजनीतिक आदर्श मानेको पनि बताएका छन्।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com