काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्न लागेको मधेश क्षेत्रीय चुनावी सभा स्थगित भएको छ।
मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार, निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले सभा स्थगित गर्ने निर्णय गरिएको हो।
उनले थपे कि आगामी सभा मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिनेछ। गुप्ताले नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्था प्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेको पनि बताएका छन्।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया