जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने तय गरेको मधेश प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ।
मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।
उनले परिस्थितिअनुसार सभाको नयाँ मिति र कार्यक्रम तालिका पछि सार्वजनिक गरिने जानकारी दिए। साथै, नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी व्यवस्था र निर्वाचन आयोगका निर्णयप्रति पूर्ण रूपमा प्रतिबद्ध र सम्मानजनक रहेको पनि स्पष्ट पारे।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया