काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशका विभिन्न प्रदेशमा मतदान प्रक्रिया जारी रहँदा निर्वाचन आयोगले समय–समयमा प्रदेशगत मतदान अद्यावधिक सार्वजनिक गरेको छ। पछिल्लो विवरणअनुसार लुम्बिनी, बागमती, कोशी र कर्णाली प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशमा बिहान १०:३० बजेसम्म प्रदेश सभा सदस्यतर्फ महिला १८ र पुरुष ३१ गरी जम्मा ४९ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ भने महिला २७ र पुरुष ५२ गरी कुल ७९ मत खसिसकेको छ।

advertisement

त्यसैगरी बागमती प्रदेशमा बिहान १०:५५ बजेसम्म प्रदेश सभा सदस्यतर्फ महिला २४ र पुरुष ३७ गरी जम्मा ६१ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ महिला ६० र पुरुष ११६ गरी कुल २३७ मत खसिसकेको आयोगले जनाएको छ।

लुम्बिनी प्रदेशमै ११:०० बजेसम्मको थप अद्यावधिक अनुसार प्रदेश सभा सदस्यतर्फ महिला २० र पुरुष ३२ गरी जम्मा ५२ मत खसेका छन् भने स्थानीय तह सदस्यतर्फ महिला ४१ र पुरुष ६८ गरी कुल १०९ मत खसिसकेको छ।

यसैगरी कोशी प्रदेशमा ११:०० बजेसम्म प्रदेश सभा सदस्यतर्फ महिला १४ र पुरुष ३४ गरी जम्मा ४८ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ महिला ६९ र पुरुष १०५ गरी कुल १७४ मत खसिसकेको विवरण आयोगले सार्वजनिक गरेको छ।

कर्णाली प्रदेशमा पनि ११:०० बजेसम्मको अद्यावधिक अनुसार प्रदेश सभा सदस्यतर्फ महिला १३ र पुरुष २५ गरी जम्मा ३८ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ महिला ४९ र पुरुष ८१ गरी कुल १३० मत खसिसकेको छ।

निर्वाचन आयोगले सबै प्रदेशमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाएको छ। आयोगका अनुसार मतदान सकिएपछि तोकिएको कार्यतालिका अनुसार मतगणना प्रक्रिया सुरु गरिनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनलाई संघीय संसद्को निरन्तरता र संघीय प्रणालीको सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com