काठमाडाैं । माेटरसाइकल दुर्घटनामा परेर प्यूठानका एक जना युवाको मृत्यु भएको छ।

मल्लरानी गाउँपालिका ४ बुढाचौरका २८ वर्षीय विराट सुनारको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

उनी सवार बाग्मती प्रदेश ००३प १६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

मोटरसाइकल अनियन्त्रित भई सुनारलाई हिजो बेलुकी सडक नजिकै बारीमा पुगेका थिए। उनलाई स्थानीयहरूले आज बिहान देखेका थिए।

सुनार मृत अवस्थामा भेटिएका थिए। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com