काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ कायम गरिएको हो। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया