काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ प्रभावकारी रूपमा लागू गराउन ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको छ।

मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रअनुसार निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले आ–आफ्नो क्षेत्रमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।

advertisement

सरकारले पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि उक्त आचारसंहिता लागू रहने जनाएको छ।

यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता अन्तर्गत परिच्छेद १०, अनुसूची ५ र दफा ५५ को पालना गर्न ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com