काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङमा घर प्लास्टर गर्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई पुरुषलाई नेपाली सेनाले उद्धार गरेको छ।
घटनास्थलमा गजुरीस्थित भैरव दल गणको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै उद्धार अभियान सञ्चालन गरेको थियो।
सकुशल उद्धार गरिएका दुवै जनालाई तत्काल मलेखु स्वास्थ्य संस्था लगेर उपचार गरिएको छ। अधिकारीहरूले दुबैको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन्।
सेनाले समयमै उद्धार कार्य गरेर ठूलो दुर्घटना हुनबाट जोगाएको बताएका छन्।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया